झापा गोल्डकप फुटबलको उपाधि चर्च ब्वाईजलाई
झापा। छैंटौं झापा गोल्डकप फुटबलको उपाधि चर्च ब्वाईज युनाईटेड क्लबले जितेको छ । झापाको विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न फाईनल खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउदै चर्च ब्वाईजले उपाधि चुमेको हो।
सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाईटेड क्लबले पहिलो पटक सहभागि हुदै छैंटौं झापा गोल्डकप प्रतियोगिताको उपाधि हातपार्न सफल भयो। विजेता चर्च ब्याईजले १३ लाख नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपविजेता एपिएफ फुटबल क्लबले ७ लाख नगद पुरस्कारमा चित्त बुझाएको छ।
चर्च ब्याईजकालागी अवयामि फाकुन्लेले खेलको ११ औं र ६६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थिए। खेलको ८७ औं मिनेटमा चर्च ब्वाईजकै राजेश परियारले थप १ गोल गर्दै टिमको जित निश्चित पारे। परियारले फाकुन्लेको पासमा उत्कृष्ट गोल गर्न सफल भएका थिए। पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको विभागिय टीम एपिएफले खेलमा गोल गर्ने थुप्रै अवसर चुकाउँदा हार व्यहोर्नु पर्यो।







डिसी नेपाल







Facebook Comment