टी-२० सिरिजमा नेपालले पिएनजीसँग सामना गर्ने
काठमाडौं। हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुँदैछन्। आज पहिलो खेल नेपाल र पीएनजीबीच हुँदै छ। यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुँदै छ।
नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी-२० खेल भएका छन्। जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ। त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुँदै छ। यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुने छ।
यसअघि आइतबार सम्पन्न नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल बर्षाले रद्द हुँदा दुवै देशले एक एक अंक बाँडेका थिए। अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ।
मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment