टी-२० आईमा कुशल भुर्तेलले पूरा गरे १ हजार रन
काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालका ओपनर कुशल भुर्तेलले १ हजार रन पूरा गरेका छन् ।
आज भएको दोस्रो खेलमा पपुवा न्युगिनी९पिएनजी० विरुद्ध कुशलले ३९ बलमा ४ छक्का ४ चौकासहित ५९ रन बनाए ।
५९ रन बनाएसँगै भूर्तेलको टी आईमा १ हजार ८ रन बनाएका छन् । भुर्तेल टी-२० आईमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । टी-२० आईमा एक हजार रन पूरा गर्ने पहिलो नम्बरमा दिपेन्द्र ऐरीको नाम रहेको छ । ऐरीले १४७६ रन बनाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment