कुशल भुर्तेलको अलराउण्ड प्रदर्शन, नेपाल फाइनलमा

डिसी नेपाल
२९ फागुन २०८० १०:२२

काठमाडौं । ब्याटिङ र बलिङ दुवैतर्फ कुशल भुर्तेलले सर्वोत्कृष्ट प्रदर्शन गरेपछि नेपाल पपुआ न्यू गिनीलाई हराउँदै हङकङ त्रिदेशीय टि–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपालले पपुआ न्यू गिनीलाई ८५ रनले बराएको हो ।

मोंग ककमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र ४ छक्का हाने ।

सन्दिप जोराले २६ बलमा ५६ रन बनाए । उनले ३ चौका र ४ छक्का हाने । विनोद भण्डारीले २७, विवेक यादवले १९, गुलशन झाले १५, लोकेश बमले १४ रन बनाए । पपुआ न्यू गिनीका लागि असद भालाले २ विकेट लिए । नोसाइना पोकना, जोन कारिको र नोर्मन भानुआले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको पपुआ न्यू गिनी १६.१ ओभरमा ११३ रनमै अलआउट भयो । हिरि हिरिले सर्वाधिक २८ रन बनाए । सेसे बाउले २१, टोनी उराले १३ र नोसाइना पोकनाले १२ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । प्रतिस जिसीले २ विकेट लिए । आकाश चन्द र गुलशन झाले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.