मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडाैं। मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ। मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी सुलिन श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापकले बुधबार (फागुन २९ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ।
तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment