एक वर्षभन्दा धेरै समयपछि ऋषभ पन्त मैदान फर्किंदै, आईपीएलमा दिल्लीको कप्तानी गर्ने

डिसी नेपाल
२९ फागुन २०८० १४:२७
92
Shares

काठमाडौं । भारतीय क्रिकेटर ऋषभ पन्त आइपिएलको आगामी सिजन खेल्नका लागि फिट भएको बीसीसीआईले जानकारी दिएको छ ।

ऋषभ पन्त ३० डिसेम्बर २०२२ मा सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए । पन्तको कार उत्तराखण्डको रुर्की नजिकै दुर्घटनामा परेको थियो ।

बीसीसीआईले पन्तको बारेमा दिएको अपडेटमा भनेको छ, ‘३० डिसेम्बर २०२२ मा गम्भीर सडक दुर्घटनापछि १४ महिनाको कडा परिश्रम र रिकभरीको प्रक्रिया पूरा गरेका ऋषभ पन्त अब टाटा आईपीएल २०२४ का लागि विकेटकिपर ब्याट्सम्यानका रूपमा फिट छन्। ।”

पन्त बाहेक, बीसीसीआईले फास्ट बलर प्रसिद्ध कृष्ण र मोहम्मद शामीको हालैको शल्यक्रिया पछि फिटनेसको बारेमा जानकारी दिएको छ।

बीसीसीआईका अनुसार प्रसिद्ध कृष्णको फेब्रुअरी २३ मा शल्यक्रिया गरिएको थियो र उनी हाल बीसीसीआईको मेडिकल टोलीको निगरानीमा छन् । जहाँ शमीको २६ फेब्रुअरीमा शल्यक्रिया भएको थियो । यी दुवै खेलाडीले यस वर्षको आईपीएल खेल्न पाउने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.