लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ
पोखरा। लागूऔषध मुद्दामा फरार एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
मंगलबार प्रहरीले कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन आधिकरी छावालाई पक्राउ गरेको हो।
जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागुऔषध मुद्दामा दोषी ठहर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।
उनका अनुसार अदालतले दुई वर्ष ६ महिना कैद र एक लाख ६ हजार रुपैयाँ जरिवाना तोकेको थियो। यस्तै, पीडित राहत कोषमा ४ हजार २४० रुपैयाँ दाखिला गर्नुपर्ने अदालतले आदेश दिएकोमा उनी फरार थिए। फरार अधिकारीलाई प्रहरीले पक्राउ गरेर मंगलबार नै अदालतमा पेश गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment