फाइनलमा नेपालको पकड बलियो, पावरप्लेमा पीएनजीको स्कोर ४ विकेटको क्षतिमा ५३ रन

डिसी नेपाल
३० फागुन २०८० १२:२४
52
Shares

काठमाडौं । हङकङमा जारी त्रिदेशीय टि–२० सिरिजको फाइनलमा आज नेपालले पपुआ न्यू गिनीविरुद्ध खेल्दैछ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । पहिले ब्याटिङको निम्तो पाएको पीएनजीको सुरुवात कमजोर छ ।

नेपालले सुरुदेखि नै खेल आफ्नो पकडमा राखेको छ । पीएनजीले पावरप्लेमा ४ विकेटको क्षतिमा ५३ रन जोडेको छ । पीएनजीका सेसे बाउ (०), कप्तान असद भाला (२) र लेगा सियाका (२), हिरी हिरी (१६) आउट भइसकेका छन् । नेपालका लागि आकाश चन्दले २, करण केसीले १ र गुलशन झाले १ विकेट लिए । पीएनजीका ओपनर टोरी उरा २० रन र हिला भारे ५ रन बनाएर खेलिरहेका छन् ।

हिजो लिग चरणको अन्तिम खेलमा पीएनजीले हङकङलाई हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। पहिलो खेलमा नेपालसँग ८५ रनले पराजित पीएनजीले हङकङलाई १० विकेटले हराएको हो। हिजो नै भएको खेलमा पीएनजीविरुद्ध सानदार जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १६।१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको थियो। पपुवा न्यूगिनीले दुई खेलमा दुई अंक जोडेको छ भने दुई खेल खेलेको नेपालले तीन अंक बनाएको छ। हङकङ समान खेलबाट एक अंकका साथ फाइनल पुग्नबाट बञ्चित भयो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.