भोजपुरमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

डिसी नेपाल
३ चैत २०८० २०:४६
56
Shares

टक्सार। भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ।

हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए। आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *