ललितपुरमा नक्कली नोटकाे कारोबार गर्ने तीन जना पक्राउ
ललितपुर। ललितपुर प्रहरीले नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट छाप्ने र कारोबार गर्ने गोदावरी नगरपालिका ३ टौखेल बस्ने करण प्रधान, काभ्रे मण्डनदेउपुर बस्ने सञ्जय अधिकारी र बेथानचोक घर भई बनेपा सबिन हुमागाईंलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
नक्कली नोटबाट कारोबारको सुचना आएपछि करण प्रधानलाई एक हजारको २० थान नक्कली नोटसहित पक्राउ गरिएको र सोधपुछ गर्ने क्रममा सञ्जय अधिकारीको पनि संलग्नता दखिएपछि १ सय १५ वटा एक हजार नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।
त्यस्तै थप अनुसन्धान गर्दा मोवाइल पसल व्यवसाय गर्ने सबिन हुमागाईंलाई एक हजारको ६९ वटा र पाँच सयको १ वटा नक्कली नोट सहित पक्राउ गरिएको उनले बताए। पक्राउ परेका हुमागाईंले आफ्नै पसलमा नक्कली नोट छाप्ने गरेको खुलेको एसएसपी खनालले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment