घट्यो सुनको मूल्य
काठमाडौं। सुनको मूल्य घटेको छ। आइतबारको तुलना सोमबार सुनचाँदीको मूल्य घटेको हो।
सोमबार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।
तोलामा १० रुपैयाँले घटेर चाँदी प्रतितोल १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment