जनउत्थान सामुदायिक लघुवित्तको एजीएम ३० चैतमा

डिसी नेपाल
५ चैत २०८० १२:५६

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औं वार्षिक साधारण सभा चैत ३० गते बस्ने भएको छ।

सभामा कम्पनीले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने कम्पनीले जनाएको छ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ।

यता, सभाले सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ। सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ र सर्वसाधारण सेयरधनीको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते बुक क्लोज गर्ने भएको छ।

तसर्थ, चैत २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । सभा होटल न्यू ईरा, बुटवल उप–नगरपालिका–०९, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *