सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं। सानिमा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। सानिमाका आफ्नै संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्न लागेको हो।
उक्त सेयरको लागि निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ। यसमा सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।
यसमा आज (चैत ५ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment