उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता

डिसी नेपाल
५ चैत २०८० १७:२१
32
Shares

काठमाडौं। आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता भएका छन्।

निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादीलगायतका दलले दर्ताको निवेदन दिएका छन्।

रास्वपाले भने प्रतिनिधिसभामा मात्रै दल दर्ताका लागि निवेदन दिएको छ। जसकारण प्रदेशतर्फ १९ निवेदन परेको हो।

आगामी १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *