क्रेस्ट माइक्रो लाइफको साधारणसभा सम्पन्न, आईपीओ निष्कासन प्रस्ताव पारित
काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले पेस गरेको कम्पनीको वार्षिक प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको छ । सभाले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको हो।
साथै, आइपीओ निष्कासन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।
सभाले संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहितकरण बैध र विदुर पुरी कम्पनीको सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको कम्पनीले जनाएको छ। सभाले वार्षिक प्रतिवेदन सहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गरेको छ।
सभा कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतमा सम्पन्न भएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment