बारामा पाटेबाघ मृत फेला

डिसी नेपाल
६ चैत २०८० १९:३२
8
Shares

बारा। बारा जिल्लाको कोल्हवी नगरपालिका-२, अमाव महादेवस्थान भन्ने ठाउँमा आज पुन: एउटा पाटेबाघ मृत फेला परेको छ।

मृत बाघको उमेर अन्दाजी दुई वर्षको हुनसक्ने अनुमान गरिएको छ। कोल्हवी सब–डिभिजन वन कार्यालयको क्षेत्रमा मृत अवस्थामा फेला परेको  सो पोथी बाघको कञ्चटमा घाउ जस्तो देखिएको छ। बाघलाई स्थानीय बासिन्दाले गोली हानेर मारेको हुनसक्ने अनुमान डिभिजन वन कार्यालयले गरेको छ।

तर, परीक्षणपछि मात्र वास्तविकता खुल्न सक्ने पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए। केही दिन यता गर्मी सुरु भएसँगै जंगलमा पानीको अभाव भएपछि पानी खोज्दै नजिकको बस्तीमा पस्दा बाघ र मानवबीच द्वन्द्व बढेको छ। यस क्रममा कहिले बाघले मानव र कहिले मानवले बाघ मारेका घटना भइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *