सुनको मूल्यमा नयाँ कीर्तिमान, २६ सय रुपैयाँले बढ्यो

डिसी नेपाल
८ चैत २०८० ११:३४
180
Shares

काठमाडौं। सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।

बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० र  तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा  कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *