दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाइन्छ : मन्त्री पण्डित

डिसी नेपाल
१७ साउन २०७६ १७:५१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन्।

मन्त्री पण्डितले कार्य क्षमताको अभाव भएका कर्मचारीलाई विदा गर्ने पनि स्पष्ट पारे। शुक्रबार मन्त्रालयद्धारा आयोजित वार्षिक कार्य प्रगति समिक्षात्मक बैठकमा बोल्दै उनले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कुनै पनि किसिमको छुट दिन नसकिनेतर्फ पनि सचेत गराए।

मन्त्री पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौंता गरेको स्मरण गराउँदै त्यसलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई सचेत गराए। तोकिएको काम पूरा नभए सम्बन्धित कर्मचारीमाथि कडा कार्वाही हुने मन्त्री पण्डितको भनाई छ।

मन्त्री पण्डितले समायोजनामा गएका कर्मचारीहरुको तह र श्रेणीको तलवमा देखिएको समस्या एक हप्ता भित्र समाधान गर्ने आश्वासन पनि दिए। उनले कर्मचारीहरुको सुविधामा कुनै समस्या नहुने तर तोकिएको जिम्मेवारी पूरा नगरे कडा कार्वाही हुने पनि स्पष्ट पारे।

मन्त्री पण्डितले गत वर्ष आफ्नो मन्त्रालयले व्यवस्थाकीय काममा उल्लेख्य प्रगति गरेको दावी गर्दै चालू आर्थिक वर्षमा विकास, निर्माणको कामलाई तीव्रता दिने पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *