उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् ।
लामालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टोखाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।
उनका अनुसार लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाडौंले गत मङ्सिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो।
उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई दोषी ठहर भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment