सरुवा भएका केही महिनामै सात जिल्लाका एसपी फेरिए

डिसी नेपाल
२३ चैत २०८० २१:४७
80
Shares

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ७ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) लाई अवधि अगाडी नै सरूवा गरेको छ। कार्यालयले सर्लाही, महोत्तरी, बाँके, धनुषा, बाराका प्रहरी प्रमुखलाई अवधि नै नपुगी सरुवा गरेको हो। प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालाई पठाउदा एसपी संजय सिंह थापालाई सुन तस्करी प्रकरणमा तानिएको थियो।

यस्तै बाँकेको प्रहरी प्रमुखमा तुललबहादुर कार्कीलाई पठाइएको छ। सुवास बोहरा रहेको स्थानमा उनलाई विभिन्न बहानामा सरुवा गरिएको छ। सर्लाहीमा केही महिनाअघि गएका दयानीधि ज्ञावालीलाई काठमाडौमा सरुवा गरिएको छ। यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको छ।

यसैगरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नकुल पोखरेल पठाइएको छ। पोखरेल केही महिना अघि मात्रै सरुवा भएर काठमाडौ आएका थिए। धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यहाँ यसअघि विश्वराज खड्का रहेका थिए। उनको स्थानमा श्यामकुमार महत्तो गएको केही समयमै तिवारीलाई पठाइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *