ललितपुरको मेटल उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु

डिसी नेपाल
२४ चैत २०८० १३:०९
488
Shares

काठमाडौं। ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो । आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशंका गरिएको सुवेदीले बताए। उनका अनुसार सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ।

क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताउँदै सुवेदीले प्रारम्भिक रुपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थहरु जलेर नष्ट भएका जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *