सुनको मूल्य तोलामा छ सयले बढ्यो
काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा छ सयले वृद्धि भएको छ।
आइतबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ।
तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ। आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार तोलामा रु एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार छ सय ८५ निर्धारण भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment