कागबेनी मन्दिरमा प्रभु बैंकको क्यूआर सेवा सुचारु
काठमाडौं। प्रभु बैंक लि.ले नगदरहित भुक्तानी प्रणालीका लागि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’ लाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ।
कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरेको छ। पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ।
हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङबासीहरु बताउँछन् ।
प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment