प्रभु बैंक र एनसीएचएलबीच क्रस बोर्डर भुक्तानी सम्झौता
काठमाडौं। प्रभु बैंक र नेपाल क्लियरिङ हाउस लिमिडेट-एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोवार -भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।
प्रभु बैंकले र नेपाल क्लियरिङ हाउसबीच भएको सम्झौता बमोजिम अन्तर्देशीय कारोबार–क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्याण्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्ना खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ।
नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाखसम्म भारतीय रुपैयाँ भारतमा पठाउन सम्झौताले सहज हुने बैंकले जनाएको छ।
यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एपहरु प्रयोय गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकले यूपीआई लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
हाल भने भारतमा रहेका नेपाली नागरिकले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुई लाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोबार ५० हजार सम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ।
यो अन्तर्देशीय विद्युतीय भुक्तानी सेवामा आवद्ध ग्राहकले नेपाल तथा भारतीय नियामक निकायद्वारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम् लाभ उठाउन सक्ने बैंकले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment