कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उप-प्रधानमन्त्री पोखरेललाई

डिसी नेपाल
१८ साउन २०७६ २२:४२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको सिलसिलामा आज सिङ्गापुरतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकेकी छन्।

प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *