दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौंः गोकुल बास्कोटा
फाइल तस्वीर
काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपूर्व गठबन्धन गरेर दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद भएको बताउदै २(४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन्।
उनले भनेका छन्-
फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो। सधैको अस्थीरता किन र केका लागिरुसमावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment