अमेरिकाको टेक्ससमा बन्दुक हमला, २० जनाको मृत्यु
बीबीसी। अमेरिकाको टेक्सस राज्यमा भएको बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका बताइएको छ।
एल पासो सहरमा भएको उक्त घटनालाई टेक्ससका गभर्नरले आफ्नो प्रान्तका लागि “इतिहासकै सबैभन्दा घातक दिन मध्येको एक रहेको” बताएका छन्। घटना अमेरिका र मेक्सिकोको सिमानाभन्दा केही पर रहेको वालमार्ट स्टोरमा भएको हो ।
प्रहरीले एक जना २१ वर्षीय युवालाई हिरासतमा लिएको छ। संदिग्ध व्यक्ति ड्यालस सहरका बासिन्दा हुन्, जुन एल पासो भन्दा एक हजार ४६ किलोमिटर पूर्वतिर पर्छ। अमेरिकी सञ्चार माध्यमहरूले उनको नाम प्याट्रिक क्रुसिअस रहेको बताएका छन्। घटनामा परेका पीडितहरूको नाम भने हालसम्म खुलाइएको छैन।
मेक्सिकोका राष्ट्रपतिले आफ्ना तीन जना नागरिकको मृत्यु र ६ जना घाइते भएको बताएको रोयटर्स समाचार संस्थाले जनाएको छ।पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो बन्दुक आक्रमण हो।
यसअघि क्यालिफोर्निया राज्यमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो। टेक्ससमा भएको घटनालाई अमेरिकाको पछिल्लो कालखण्डको आठौँ घातक बन्दुक आक्रमणका रूपमा अर्थ्याइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment