राजीनामा वा विश्वासको मतको विषय मुख्यमन्त्रीको विषय होः उद्धव थापा
विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिने, विश्वासको मत लिने नलिने कुरा मुख्यमन्त्रीको स्वविवेकमा छोडिएको बताएका छन्।
कोशी प्रदेशसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले राजीनामा वा विश्वासको मतको विषय नितान्त मुख्यमन्त्रीको विषय भएकाले स्वविवेकमा छोडिएको बताएका हुन्। उनले कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले संविधानको मूल्य मान्यता अनुसार अघि बढ्न तयार भएको धारणा राखे। संसदीय मुल्य मान्यता अनुसार आफुहरु संकल्प प्रस्तावमा छलफलका लागि तयार रहेको भन्दै उनले यसको निष्कर्षलाई स्वीकार गर्ने जिकिर गरे।
संकल्प प्रस्ताव माथि शुक्रवार छलफल भई मुख्यमन्त्रीलाई वैशाख २६ गते सम्ममा विश्वासको मत लिन दबाब दिने एमाले माओवादीको तयारी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment