रामहरि श्रेष्ठ प्रकरणमा अनुसन्धान प्रभावित हुँदैन: गृहमन्त्री लामिछाने

डिसी नेपाल
६ वैशाख २०८१ २१:३३
92
Shares

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग रमिला श्रेष्ठले आज भेट गरी आफ्ना पति रामहरि श्रेष्ठको हत्याका दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेका छन्। गृहमन्त्रालयमा भएको भेटका क्रममा गृहमन्त्री लामिछानेले घटनाको निष्पक्ष अनुसन्धान हुने र अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने जनाउँदै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गरे।

मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पारे। सो क्रममा रमिलाले आफूमाथि सुरक्षा चुनौती बढेको उल्लेख गर्दै दोषीलाई हदैसम्मका कारबाही हुनुपर्ने माग गरिन्। घटनाको १६ वर्षपछि आरोपित कालीबहादुर खाम पक्राउ पर्दा न्यायको आश जागेको बताएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *