एमाले महाधिवेसन प्रतिनिधि परिषद बैठक जारी रहने
काठमाडौं। नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ। वैशाख १० गतेसम्म सञ्चालन हुने उक्त परिषद बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी रहनेछ।
बैठकमा २ हजार ४ सय ५४ जना सहभागी भएको एमालेले जनाएको छ। नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment