आज सुनचाँदीको मूल्य कति पुग्यो?

डिसी नेपाल
९ वैशाख २०८१ ११:१६
152
Shares

काठमाडौं। नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहँदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि शुक्रबार चाँदी तोलाको १७ सय २० मा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *