सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१४ वैशाख २०८१ १०:५३
76
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि विहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि विहिबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *