इलाम-२ मा ४५२३ मतान्तरले सुहाङको अग्रता, दोस्रोमा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा

डिसी नेपाल
१७ वैशाख २०८१ १४:०१
192
Shares

इलाम। प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन्। पछिल्लाे मतपरिणाम अनुसार सुहाङले १२ हजार ४०५ मत पाएका छन्।

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ८ सय ८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ७ सय ६९ मत पाएका छन्। त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बुले १६ सय ३६ मत मात्र पाएका छन्। सुहाङ खड्काभन्दा ४ हजार ५२३ मतले अगाडि छन्।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए।

कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत ल्याएका थिए। त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार थिए। अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.