इलाम उपनिर्वाचन अपडेटः सुहाङको फराकिलाे अग्रता कायमै

डिसी नेपाल
१७ वैशाख २०८१ १४:२८
224
Shares

इलाम। प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

हालसम्म फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिएको छ। प्राप्त मतपरिणामअनुसार कूल ३२ हजार एक सय ९४ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आठ हजार तीन सय ८६ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ९८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार सात सय १३ मत प्राप्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राईले दुई सय ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले दुई सय ८५ मत प्राप्त गरेका छन्।

कूल छ वटा पालिका रहेको यस निर्वाचन क्षेत्रमा अहिले देउमाई नगरपालिका-१, २ र ३ को मतगणना भइरहेको छ। इलाम नगरपालिकाको गणना गर्न बाँकी छ। कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *