इलाम उपनिर्वाचन अपडेटः सुहाङको मतान्तर बढ्यो

डिसी नेपाल
१७ वैशाख २०८१ १६:१७
656
Shares

इलाम। प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

प्राप्त मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार तीन सय ११ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ५७० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राईले दुई सय ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ९३ मत प्राप्त गरेका छन्।

कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *