इलाम उपनिर्वाचन अपडेटः सुहाङले १६ हजार मत कटाए, मिलनको २६ सय
इलाम। प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।
प्राप्त मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्वाङले १६ हजार २१९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५ सय ५७ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ८ सय २५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ हजार ६ सय ४५ मत प्राप्त गरेका छन्।
कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment