गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीको कोशी प्रदेश प्रमुखलाई पत्र
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन्।
मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर पत्र बुझाउदै गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका हुन्।
कार्की संविधानको धारा १६८९५० अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए। पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले उनलाई हटाउने प्रयास गर्दै चैत २६ मा समर्थन फिर्ता लिएका थिए।
त्यसपछि प्रदेश सभाको विशेष अधिवेशनमार्फत वैशाख २५ भित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका थिए।
तर मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई लेखेको पत्र-



No ads found for this position


डिसी नेपाल
Facebook Comment