तोलामा २७ सयले घट्याे सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि मंगलबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment