क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्दै
काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ।
आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ।
यस सम्बन्धी सम्झौतापत्रमा क्रेष्ट माइक्रो लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र एनआइएमबि एसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन्।
यसैगरी, कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयरा जारी गर्न लागेको हो। यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो।
कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७० प्रतिशत रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३० प्रतिशत रहनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment