सशस्त्रका १६ डिआइजी र १८ एसएसपीको सरुवा

डिसी नेपाल
१९ वैशाख २०८१ १९:१३
68
Shares

काठमाडौं। सशस्त्र प्रहरी बलका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) र १८ जना वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजी र एसएसपीहरुको सरुवा गरेका हुन्।

मन्त्री लामिछानेले आफूले छानी छानी सरुवा गरेका छन्। सरुवा अनुसार डीआईजी ई.किशोर प्रधानलाई नम्बर–९ पशुपति बाहिनी मुख्यालयमा सरुवा गरिएको छ। उनी एआइजीको सिफारिसमा रहेका छन्। नम्बर–३ गढीमाई बाहिनीमा गणेश ठाडामगर, नम्बर–५ बिन्ध्यावासिनी बाहिनीमा अभिकुमार खत्री र नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालयमा कुलबहादुर नेम्वाङलाई सरुवा गरिएको छ। नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा दुर्गाप्रसाद भट्टराई र नम्बर–१ बराह बाहिनी मुख्यालयमा शम्भु सुवेदीलाई पठाइएको छ।

प्रदेश–२ स्थित छिन्नमस्ता बाहिनीमा डीआईजी कालिदास धौबजीलाई पठाइएको छ। नम्बर–१ बाहिनीमा कार्यरत अन्जनी कुमार पोखरेललाई स्टाफ कलेज र पशुपति बाहिनीमा कार्यरत पुरुषोत्तम थापालाई प्रधान कार्यालयस्थित कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ। यसैगरी सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ।

सरुवा हुनेमा साधारणतर्फ १६ जना र प्राविधिकतर्फ २ जना छन्। सशस्त्र प्रहरी प्रवक्ता समेत रहेका एसएसपी राजेन्द्र खड्कालाई युएन तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ। रविनराज कर्णजितलाई पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र सुधीरजंग थापालाई हुल तथा दंगा व्यवस्थाापन तालिम शिक्षालय लामापाटनमा पठाइएको छ। सञ्चार तथा इन्जिनियरिङ तर्फका इन्जिनियर प्रमोदकुमार शाह तेलीलाई प्राविधिक तालिम शिक्षालय काठमाडौं र इन्जिनियर नानीराम हुमागाईंलाई कार्य विभागमा सरुवा गरिएको छ।





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *