४८ जना प्रशासकीय अधिकृत र उपसचिवको सरुवा
काठमाडौं। ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४८ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो।
२० जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका नवनियुक्त उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एवम अन्य विभिन्न निकायमा पदस्थापन तथा कामकाजमा खटाएको छ।
बाँकी २८ जना विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अन्य निकायमा कार्यरत उपसचिवको सरुवा तथा कामकाजमा खटाइएको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment