सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
काठमाडौं। नेपाली बजारमा सुनकाे मूल्य बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २०० ले बढेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ७५० मा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मुल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment