प्रतिनिधिसभा बैठक बस्न ढिलाइ, सभामुखले थाले शीर्ष नेतासँग छलफल
काठमाडौं।प्रतिनिधिसभाको बैठक समयमा शुरुण हुन सकेको छैन। आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुन सकेको छैन।
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने वा नदिने भन्ने सहमति दलहरूबिच नजुट्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सकेको छैन।
अहिले सभामुख देवराज घिमिरेले विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment