रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छः सिटौला

डिसी नेपाल
२८ वैशाख २०८१ १६:००
256
Shares

काठमाडौं। राष्ट्रियसभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा आज सम्बोधन गर्दै रवि लामिछाने सहकारी ठगि प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लीनचिट दिएर नहुने बताए।

लामिछानेमाथि छानबिन नगर्ने सरकारको अडानले सरकार द्वन्दतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन्।

रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने कांग्रेसको बटमलाइन भएको बताउँदै सिटौला आफूहरुले आफुहरुले संसदीय छानबिन समिति बनाउन मात्र माग गरेको र राजीनामा नमागेको स्पष्ट पारे।

उनले महान्यायाधिवक्ताको कार्यलयले क्लिन चिट दिएको भन्दै नेपालको इतिहासमा यसअघि यस्तो नभएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *