संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने कांग्रेसको घोषणा

डिसी नेपाल
२८ वैशाख २०८१ १६:४०
92
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको बैठक शुरु भएपछि सभामुखले आफ्नो धारणा राखेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो।

कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सांसदका प्रश्न निमोठिने तयारी गरेको देख्दा अचम्म लागेको टिप्पणी गरेका छन्।

उनले संसदीय समिति गठन नगरेसम्म संसदको कुनैपनि कारवाही अगाडि बढाउन नदिने घोषणा गरेका छन्।

संसदमा बोल्दै महामन्त्री थापाले सहकारीको ठगीका सम्बन्धमा संसदले छानबिन समिति बनाओस् भन्ने आफूहरुको एक मात्र विषय भएको बताए ।

उनले किन डराएको भन्दै कहिले प्रहरी महानिरीक्षकलाई बोल्न लगाएको र अहिले महान्यायाधिवक्तालाई दुरुपयोग गरिएको आरोप लगाए।

महामन्त्री थापाले प्रधानमन्त्रीले गृहमन्त्रीलाई क्लिन चिट दिएर संसदमा झुट बोलेको आरोप लगाउँदै रवि लामिछानेले माग फारम भरेर ऋण लिएको प्रमाण बोकेर संसदमा आएको बताए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *