धनराज गुरुङको माग-रवि लामिछानेलाई अवहेलना मुद्दामा कारवाही होस्
काठमाडौं। कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारवाहीको माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन्।
गुरुङले सोमबार सभामुख देवराज घिमिरेलाई निवेदन लेख्दै लामिछानेमाथि संसद्को अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका हुन्।
अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी भ्रम श्रृजना गर्न खोजेको भन्दै आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन्।
उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी समेत पठाएका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment