मुलुक अधिनायकवाद र निरकुंशतातर्फ अग्रसर हुँदै गयो : डा. शेखर कोइराला

डिसी नेपाल
१० जेठ २०८१ १२:०३
16
Shares

बिराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुक दिशाविहीन रुपमा अघि बढिरहेको बताएका छन्।

बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरकुंशता तर्फअग्रसर हुँदै गएकाले पत्रकारहरुले सचेत हुनुपर्ने समेत बताए।

उनले पत्रकारहरुलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई आग्रह गरे। कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने चेतावनी दिँदै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने बताए।

उनले कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका बिषयमा पनि गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताए। कार्यक्रममा गोविन्दचन्द्र क्षेत्री, गिरिराज आचार्य, हर्षसुब्बा लगायत वरिष्ठ पत्रकारहरुलाई सम्मान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *