म्याद थप गर्न सिरोहियालाई अदालत लगिँदै

डिसी नेपाल
११ जेठ २०८१ ९:३६
196
Shares

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया म्याद थप गर्न आज फेरि अदालत लगिँदैछ। नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा लगिने प्रहरीले जनाएको छ ।

सिरोहियालाई म्याद थप गर्नका १०ः ३० बजे धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ । यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *