अहिले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्नुपर्ने अवस्था आयो : लिङ्देन

डिसी नेपाल
११ जेठ २०८१ १४:४८
48
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकका सवै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका छन्।

शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै ४६ साल यता मुलुकमा भ्रष्टाचार बढ्दै गएको र अहिले मुलुकका सवै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका छन्।

अहिले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्नुपर्ने अवस्था आएको उनले बताए। उनले भ्रष्टाचारको अन्त्यका लागि दृढ रुपमा उभिने अठोट गरेको जिकिर गरे। अध्यक्ष लिङदनेले विदेशीको सहयोग विना चूनाव जित्न नसकिने र पदमा पुग्न नसकिने मानसिकताका कारण नेपाल विदेशी मुलुकहरुको क्रिडास्थल बन्न पुगेको दाबी गरे।

पार्टीले आफ्ना मागलाई स्थापीत गराउन निरन्तर आन्दोलन गर्ने र बिभिन्न ढंगबाट राज्यलाई दवाव दिन निरन्तर अभियान चलाउने उनले बताए। तीन दिन सम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदनमाथि छलफल भइ पारित गर्ने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *