सरकारको आर्थिक सर्वेक्षण २०८१ः नेपालीको प्रतिव्यक्ति आय बढ्ने
काठमाडौं। नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ मा चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय १,८४३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो।
आर्थिक सर्वेक्षणमा भनिएको छ- ‘प्रति व्यक्ति आय बढ्दै गएको छ। गत आर्थिक वर्षमा प्रति व्यक्ति राष्ट्रिय आय १,४०५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १.४५६ अमेरिकी डलर पुग्ने अनुमान छ। गत आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १.३८९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १,४३४ अमेरिकी डलर पुग्ने अनुमान छ । साथै, गत आर्थिक वर्षमा व्यक्ति कुल खर्चयोग्य आय १,७५५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १,८४३ अमेरिकी डलर पुग्ने अनुमान छ ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment